पोखरा । १३ औं संस्करणको पोखरा महोत्सव शुरु भएको छ । युनाईटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा शुरु भएको पोखरा महोत्सवको सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले गरेको सामाजिक कामको प्रसंशा गर्दै पोखरामा खुल्ला चिडियाखाना निर्माणको थालनी गरेको र उक्त कार्य सरकारले अपनत्व लिएको बताए ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले पर्यटनको राजधानी घोषणा भइसकेको पोखरामा धेरैभन्दा धेरै पूर्वाधार बन्नुपर्नेमा जोड दिए । पर्यटकीय राजधानी घोषणा गरिदिएर मात्र नहुने बताउदै त्यसको पुर्वाधार निर्माणका गाली गण्डकी प्रदेश सरकार र पोखरा महानगरले समेत पुर्वाधारका कामहरु गर्नुपर्नेमा उनको जोड रहेको थियो ।
पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधार निर्माणका लागि आगामी वर्षको नीति तथा कार्यक्रममा पार्नका लागि पहलकदमीका लागि नेतृत्व गर्ने उनले प्रतिवद्धता जनाए ।
नेपालकै तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हल बनाउन, चिडियाखाना बनाउनका लागि पहल गर्न, बसपार्कलागयन पूर्वाधार बनाउन सबैले पहल थाल्नुपर्ने उनको भनाइ थियो । पोखरा आइटी पार्कका लागि उपयुक्त भएकाले पार्क बनाउनका लागि पहल थाल्ने उनले सुनाए ।
ताल संरक्षण तथा विकास प्राधिकरणलाई सक्रिय बनाएर प्रदेशमा भएका तालहरुको सिमा निर्धारण गर्दै संरक्षण र सरसफाई गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्न प्रदेश सरकारलाई मन्त्री गुरुङको अनुरोध थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका वन तथा बातावरण मन्त्री भेष बहादुर पौडेल,कास्की क्षेत्र नं १ का सांसद मन बहादुर गुरुङ,गण्डकी प्रदेश सभा सदस्य वेद बहादुर गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, पोखरा महानगरपालिका वडा नं १२ का अध्यक्ष सन्तोष बास्तोला लगायतले पोखरामा खुल्ला चिडियाखाना निर्माणमा युनाईटेड क्लबले गरेको पहलकदमी र युनाईटेड छात्राबास निर्माणमा आ-आफ्नो संस्थाबाट सक्दो सहयोग प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
सो अवसरमा वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै चार जना ब्याक्तिलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा पत्रकार कृष्णमणी बराल, भ्लगर सञ्जय पुन, पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने चन्द्रकान्त बराल र प्र्रेम बहादुर जिसी रहेका छन ।
यसैविच महोत्सवको उद्घाटन सत्र पूर्व पोखराको रंगशाला देखि आयोजना भएको झांकी प्रतियोगितामा नेपाल मगर संघ इकाइ समिति पोखरा १५, द्धितिय ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय, तृतिय क्षेत्री समाज नेपालको(साराङ नाच) र सिद्धेश्वर भजन मण्डल पोखरा १५ सिद्धेश्वर भजन समुह पोखरा १५ सान्तवना स्थान हाँसिल गर्न सफल भए ।
प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार र मायाको चिनो, द्धितिय हुनेले नगद १५ हजार र मायाको चिनो, तेश्रो हुनेले नगद १० हजार र सान्तवना स्थान हाँसिल गर्नेले नगद ३ हजार र मायाको चिनो प्राप्त गरे ।
¥याली तर्फ स्वर्णीम टोल महिला समुह पोखरा १० प्रथम, सानी मझुवा आमा समुह पोखरा १५ द्धितिय, सिमलमार्ग टोल बिकास संस्था पोखरा १० तृतिय र रुकुमेली एकता समाजले सान्तवना स्थान हाँसिल गर्न सफल भयो । ¥यालीमा प्रथम हुनेले नगद ६ हजार, द्धितिय हुनेले नगद ४ हजार द्धितिय हुनेले नगद २ हजार र मायाको चिनो प्राप्त गरे ।
युनाईटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधी सभा सदस्य दामोदर बैरागी, रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, राष्ट्रिय प्रकृति तथा वित्त आयोगका सदस्य जुद्ध बहादुर गुरुङ, बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका लेखा समतिका संयोजक तथा आर केडी होल्डिङ कम्पनी लिमिटेडका सञ्चालक धर्मराज भण्डारी, गण्डकी प्रदेश प्रेस रजिष्टार विमला भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापा लगायतले बोलेका थिए ।
युनाईटेड क्लबका महासचिव तथा पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए ।
यसैविच महोत्सवको दोश्रो दिन शुक्रबार लोकदोहोरी तर्फ राजु परियार, चालेन्द्र पौडेल, तुलसा क्षेत्री, मन्जु बिक, केशव देवकोटा, टस गुरुङ, दुर्गा क्षेत्री, रमेश थापा मगर, हास्यब्यंग्य तर्फ बलराम गिरी सरकारको प्रस्तुती रहने छ ।