एसी मिलान’सुपर कप’च्याम्पियन

santan ads

एजेन्सी । एसी मिलानले इटालिया सुपर कपको च्याम्पियन बनेको छ ।

सोमबार राती साउदी अरेबियाको रियादमा भएको खेलमा एसी मिलानले इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दे च्याम्पियन बनेको हो ।

पहिलो हाफको इन्जुरी समयमा गोल गर्दे अग्रता लिएको इन्टर मिलानले दोस्रो हाफको सुरुवातमै गोल गरेर एसी मिलानलाई २-० ले पछि पारेको थियो ।

दोस्रो हाफको केहि समयमा एसी मिलानका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दे खेललाई ३-२ को नतिजा निकाल्दै च्याम्पियन बन्यो । उक्त खेलमा क्रिस्टियन पुलिसिक र युनुस मुसाहको प्रदर्शन तारिफ योग्य रह्यो ।

एसी मिलानका लियोले खेलको ५३ औ मिनेटमा लगभग २५ यार्ड बाहिर बाट गरेको फ्रिकिकलाई हेर्नान्डेजले गोलमा परिणत गर्दै खेलमा फर्काउने संकेत गरे ।

खेलको ८०औं मिनेटमा पुलिसिकले गोल गर्दे बराबरी बनायो । खेलको इन्जुरी समयमा लियोले गोल गर्दे टिमका लागि एैतिहासिक जित दिलाउन सफल भए । एसी मिलालनले च्याम्पिनयन बने संगै ८ मिलियन पुरस्कार रकम पनि हात पारेको छ ।

एसी मिलानलाई सन् २०१६ पछि यो प्रतियोगितामा पहिलो सफलता हासिल गरेको हो ।

Scroll to Top