नयाँलिपिः ‘पोखरा मोटो–एन्डुरो क्रस च्याम्पियनसीप २०२४’ का विजेतालाई पुरस्कार नदिई सम्पर्कविहीन बनेका आयोजकद्वय पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कास्कीका अनुसार अछामको सिउडी गाउँपालिका १ घर भई पोखरा–६, लेकसाइड बस्ने वर्ष ३१ का जगत डोली र पोखरा ५ बस्ने वर्ष २९ का सोनिक क्षेत्रीलाई पक्राउ गरिएको हो ।
डोली र शर्माविरुद्ध कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको जिप्रका कास्कीले बताएको छ ।
पोखरा राइडर्स क्लबले २०८० फागुन २३ र २४ गते पोखरा–२३ बाम्दीमा आयोजना गरेको ‘पोखरा मोटो–एन्डुरो क्रस च्याम्पियनसीप २०२४’ का विजेतालाई पुरस्कार नदिई आयोजक सम्पर्कविहीन भएका थिए ।
आयोजकले खेलमा दर्ता शुल्कका नाममा प्रति खेलाडी १७ हजार लिएका थिए भने प्रथम हुने खेलाडीलाई एक लाख ५० हजार रुपैयाँ पुरस्कार घोषणा गरेको थिए ।