लाहाचोकको निःशुल्क शिविरमा ३ जनामा आङ खस्ने समस्या

santan ads

पोखरा । दर्शन फाउण्डेशन र पोखरा नर्सिङ क्याम्पसको संयुक्त आयोजनामा कास्कीको माछापुच्छ्रे« गाउँपालिका ४ स्थित लाहाचोक स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविरमा ३ जनामा आङ खस्ने समस्या पाईएको छ ।

स्वास्थ्य सेवाको पहुँच बढाउँदै समुदायमा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले आयोजित शिविरमा १३० जना बिरामीको परीक्षण गरिएको थियो ।

सो शिविरमा डा.नेहा न्यौपानेले महिलाहरूको पाठेघर सम्बन्धी जाँच गर्नुभएको थियो । जाँचको क्रममा ६५ जनामा महिला प्रजनन अंग संक्रमण पाइएको, भिआइए (भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड) १ जना महिलामा पोजिटिभ देखिएको, २ जना सम्भावित जोखिममा रहेको र ३ जनामा आङ खसेको समस्या पाइएको डा.न्यौपानेले बताईन ।

उक्त शिविरमा अन्य स्वास्थ्य समस्या भएका ८० जना बिरामीलाई आवश्यक औषधि वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं माछापुच्छ्रे« गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले स्वास्थ्य शिविरले गाउँवासीलाई प्रत्यक्ष रूपमा लाभ र्पुयाउने र स्वास्थ्य सेवाको पहुँचलाई सहज हुने बताउदै “आजको शिविरले देखाएको उत्साहजनक सहभागिताले यस्ता प्रयासलाई निरन्तरता दिन अझ ऊर्जा मिलेको बताए ।

कार्यक्रममा पोखरा नर्सिङ क्याम्पसकी सामुदायिक विभाग प्रमुख रिता पाठक, माछापुच्छे्र गाउँपालिकाका उपाध्यक्ष सिता अधिकारी, माछापुच्छ्रे गाउँपालिका ४ का अध्यक्ष मधुसुदन अधिकारी र फाउण्डेशनका सल्लाहकार कृष्णबहादुर क्षेत्रीले बोलेका थिए ।

दर्शन फाउण्डेशनका अध्यक्ष पितमबहादुर सेनको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन फाउण्डेशनका सचिव मदन मल्लले गरेका थिए भने पोखरा नर्सिङ क्याम्पसका वि.एन. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी दिपिका धितालले स्वागत मन्तव्य राखेका थिए ।

 

Scroll to Top