रास्वपाको निष्कर्षः सभापतिलाई अप्ठेरो पार्न सहकारी अध्यादेश ल्याइयो

santan ads

नयाँलिपिः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीसम्बन्धी अध्यादेश आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई अप्ठ्यारो पार्ने गरी ल्याइएको बताएको छ ।

आजदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले सहकारी सम्बन्धी अध्यादेश र संविधान संशोधनबारे कसरी धारणा राख्ने भन्नेबारे पनि छलफल भएको छ ।

रास्वपाले राजनीतिक प्रतिशोधका कारण अफ्ठ्यारो अवस्था सिर्जना भइरहेको पनि निष्कर्ष निकालेको छ । भोलिसम्म चल्ने बैठकमा संगठनको भावी रणनीति, सवलीकरणका बारेमा पनि छलफल भइरहेको नेताहरुले जनाएको छ ।

Scroll to Top