आज बिहान बैतडीमा ४.६ म्याग्नेच्युडको भूकम्प

fishtail hospital

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ५४ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ,डडेल्धुरा, डोटीमा गरिएको छ । क्षति विवरण आईनसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Scroll to Top