सय वर्षको उमेरमा बिते अमेरिकी पूर्वराष्ट्रपति कार्टर

fishtail hospital

एजेन्सीः अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । कार्टरको एक सय वर्षको उमेरमा निधन भएको उनको फाउण्डेशनले जनाएको छ । छालाको क्यान्सर अर्थात मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियास्थित घरैमा निधन भएको फाउण्डेशनले जनाएको हो ।

१९२४ अक्टोबर १ मा जन्मेका उनी अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति थिए । कार्टर शान्ति, मानवअधिकार र निःस्वार्थ प्रेमको पक्षधर थिए । जिमी कार्टरका छोरा चिप कार्टरले आफ्ना पिता शान्ति, मानव अधिकार र निस्वार्थ प्रेममा विश्वास गर्ने सबैका लागि नायक रहेको बताएका छन ।

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले ‘सिंगो अमेरिका कार्टरप्रति ऋणि रहेको’ भनी प्रतिक्रिया दिएका छन् । पूर्व राष्ट्रपति बिल क्लिन्टनले कार्टर अरुको सेवाका लागि जिउने गरेको उल्लेख गरेका छन । कार्टर सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल राष्ट्रपतिका रुपमा ह्वाइटहाउस सम्हालेका थिए ।

उनी अमेरिकाको ३९औं राष्ट्रपति हुन् । उनी एक सामान्य बदाम किसानबाट मुलुकको राष्ट्रपतिसम्म बनेका थिए । राष्ट्रपतिबाट राजीनामा दिएपछि उनले आफ्नो संस्था ‘कार्टर सेन्टर’ मार्फत केही वर्षसम्म मानवीय काम गरे ।

उनले युद्ध हटाउने, चुनावको अनुगमन र रोग अन्त्य गर्ने दिशामा काममा समेत योगदान गरेका छन उनलाई कार्टर सेन्टर मार्फत उनको कामको लागि २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

Share and Enjoy !

Shares
Scroll to Top