पोखरा । बन्दिपुर मिलन समाज पोखराको अध्यक्षमा मञ्जु मकाजु श्रेष्ठ सर्वसम्मत चयन भएकी छिन ।
शनिबार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले मञ्जुलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
उपाध्यक्षमा उमेश प्रधान,सचिव याम बहादुर गुरुड,कोषाध्यक्ष अर्जना प्रधान,सहसचिव कुन्ती देवी परियार चयन भएकी छिन ।
सदस्यहरुमा मंगला सुनार,धनजीत गुरुड,रामकृष्ण भण्डारी र सुरज श्रेष्ठ चयन भएका छन ।
कार्यक्रममा समाजका संरक्षक योगेन्द्र प्रधानले पोखरामा नै बन्दिपुरे दाजुभाई दिदिबहिनीहरु भेटघाट गर्न पाउँदा मनमा शान्तिको अनुभुति हुने बताए । ‘राष्ट्रिय अन्तराष्ट्रिय धेरै संघ संस्थाको नेतृत्व गरेर नाम दाम कमाए पनि यो समाजको कार्यक्रममा आउँदा मनमा शान्ति मिल्ने र घरपरिवार संग जोडिएको जस्तो लाग्छ ।’ प्रधानले भने ।
उनले संस्थामा आवश्यकता अनुसारको सहयोग दिल खोलेर गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । बन्दीपुरेबीच एकापसमा सहयोग प्रेम सद्भाव अभिवृद्धि गर्न समाजको भूमिका रहने बताउदै पोखराको बसाई ४ दशक भन्दा बढि भए पनि आफुलाई बन्दिपुरे भन्दा मन प्रफुल्ति हुने बताए ।
बन्दीपुर मिलन समाज पोखराका नवनिर्वाचित अध्यक्ष मञ्जु मकाजु श्रेष्ठले समाजका सदस्यको हक हितको अलवा सामाजिक काम गर्दे अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन ।
समाजका अध्यक्ष शंकर श्रेष्ठको अध्यक्षयतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोषाध्यक्ष अर्चना प्रधानले समाजमा १२ लाख अक्षयकोष भएको जनाउदै अक्षयकोष स्थापना गर्न मनखोलेर सहयोग गर्ने समाजका सबैलाई धन्यवाद व्यक्त गरिन ।
समाजका सचिव प्रकाश भण्डारीले संचालन गरेको उक्त कार्यक्रममा समाजका सल्लाहकारद्धय डा.सुमनलाल श्रेष्ठ र डा.भोला श्रेष्ठलाई सम्मान गरेको थियो ।