जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (बिहीबार) बिहान ६ः३३ बजे जाजरकोटको नायकवडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्प ४.२ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

यसअघि गत वर्ष कात्तिकमा जाजरकोट केन्द्रबिन्दु रहेको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्पले ठुलो मानवीय र भौतिक क्षति भएको थियो ।

 

 

Scroll to Top