यस्तो छ, सूर्यदर्शनमा जोडिएका पहारीले प्रहरीसमक्ष दिएको घटना विवरणको कागज

नयाँलिपिः राजिव पहारीले गरेको घटना विवरणको कागजः

सूर्यदर्शन बचत तथा ऋण सहकारीमा संस्था लिमिटेड स्थापना भएदेखि हालसम्म म संस्थाको शेयर सदस्य, कर्मचारी, संचालक समिति, लेखा सुपरिवेक्षण समिति वा ऋण उपसमितिको कुनै पदमा छैन । उक्त सहकारीमा म कुनै पनि दिन भौतिकरुपमा उपस्थिति भई वित्तिय कारोवारकोलागि सहकारीमा बचत तथा लोन खाता खोल्न आवेदन दिने, केवाइसी फाराम भर्ने, ऋण रकम लिई भरपाई कागज गर्नेलगायताको कुनै पनि कार्य गरेको छैन, थिइन ।

वित्तिय विश्लेषण प्रतिवेदन व्यहोरो देखाउँदा देखी पाएँ । व्यहोरा अवगत भयो । उक्त प्रतिवेदनमा खुलाईए अनुसार मैले ०७४।१२।१२ गते सहकारीबट कुनै पनि रकम लिए, खाएको थिइन ।

मेरो नाउँमा उक्त मितिमा रु.१५,००,०००।– पेश्की को, कसले, के, कुन उद्देश्यकासाथ देखाएका हुन् मलाई थाहा छैन । उक्त रकम छिरिङ फुन्सुक ठकुरी नाम गरेको व्यक्तिलाई सोही मितिमिा त्रिवेणी बैंककाे चेकमार्फत रु. ७,००,०००।– र ग्लोबल आइएमइ बैंकको चेकमार्फत रु.८,००,०००।–दिइएको भन्ने कुरा आज वित्तिय विश्लेषण प्रतिवेदनसाथ पेश भएका पाना नं. २८०४, २८०५ र २८०६ कागजातबाट हेरी पाए ।

निज छिरिङ फुन्सुक ठकुरीसँग सामान्यरुपमा चिनजान छ तर निज मेरो कुनै नातासम्बन्ध, इष्टमित्र, कार्यालय सहयोगी, व्यावसायिक कारोबारी व्यक्ति होइनन् । निजले लगेको भनिएको चेकमार्फत रकम मैले लिए पाएको छैन ।

म तत्कालिन अवस्थामा नेकपा एमालेकोतर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएको सांसद रहेको हुँदा म उक्त सहकारीको वार्षिक साधरणसभामा प्रमुख अतिथिकारुपमा आमन्त्रित गरेकै भरमा मेरो नाउँमासमेत यसरी गैरकानुनी तवरबाट मेरो जानकारी र मन्जुरीबिना म आफुले कुनैपनि रकम नलिएको अवस्थामा १५ लाख पेश्की भनि देखाई हालसम्म फर्छाैट नगरी राखेको देखिना यस्तो प्रकारको कानून विपरितको कार्य गर्ने व्यक्तिको पहिचान गरी निजहरुलाई प्रचलित कानून बमोजिम हदैसम्मको सजायसमेत हुनुपर्छ ।

 

Scroll to Top