नयाँलिपिः राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्तको आचार्यको जन्मथलोलाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न महोत्सव सुरु भएको छ । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्गलबारबाट प्रथम भानु नगर महोत्सव सुरु भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभयो । सो अवसरमा अवसरमा ढकालले यस्ता महोत्सवले स्थानीय उत्पादनले बजार पाउनुका साथै सस्कृति, भाषा संरक्षण पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो ।
साथै उहाँले आदिकवि भानुभक्त आचार्यको भाषाको माध्यमबाट देशलाई एकतामा जोडेको स्मरण गर्दै उहाँको योगदानको प्रचार प्रसार गरी भानु जन्मको गाउँ चुँदीरम्घा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताउनुभयो ।
पर्यटक भित्र्याउन सबै एकजुट भएर लाग्नुपर्नेमा उहाँको जोड थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गरी साहित्यिक धाम बनाउने मुख्य उद्देश्यले गरिएको महोत्सव भानु नगरपालिका–१ भन्सारमा पुस ९ देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।