पृथ्वीचोकस्थित बलिदानी सहकारीका लोन अफिसर नविन पक्राउ

santan ads

नयाँलिपिः करिब डेढ वर्ष अघिदेखि बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि बन्द अवस्थामा रहेको बलिदानी बचत तथा ऋण सहकारी संस्थाका लोन अफिसर (ऋण अधिकृत) नविन भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

फरार रहेका भण्डारीलाई प्रहरीले नियमविपरित सहकारीको रकम अपचलन एवं ठगी गरेको कसुरमा पक्राउ गरेको हो । स्थायी घर स्याङ्जाको हरिनास भई पोखराको आलुमाइला चोकमा बस्दै आएका भण्डारीलाई पृथ्वीचोकबाट पक्राउ गरिएको हो ।

भण्डारीलाई आज मुद्दाको अभियोगपत्र माग दाबी अनुसार आज कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।

त्यस्तै, संघर्षशील बचत तथा ऋण सहकारीका संस्थाका अध्यक्षलगायत पक्राउ परेको जिप्रका कास्कीले जनाएको छ ।

Scroll to Top