पोखरा । टाइगर ग्रुप अफ नेपालको तेस्रो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरा रंगशालामा सम्पन्न भएको उक्त सभामा आगामी माघ १२ गतेबाट सुरू हुने ‘टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८१’ को तयारी बारे पनि गहन छलफल सुरु भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले टाइगर ग्रुपले भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान दिएको प्रति प्रशंसा गर्दै पोखरालाई खेलकुदको हव बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको जनाएका छन् ।
सन २०२७ मा नेपालमा आयोजना हुने यू–१९ विश्व कपको तयारीमा समेत प्रदेश सरकारले तयारी सुरू गरेको जनाउँदै अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न जग्गाको खोजी गर्न उच्चस्तरीय कार्यदल बनाएको बताए । उनले भने–“अहिले खेलकुदको क्रेज बढ्दै गएको छ । यो क्रेजलाई प्रदेश सरकारले आत्मसाथ गर्दै क्रिकेटको जग्गा प्राप्ती गर्न कार्यदल बनाएका छौं ।”ले नेपाली खेलकुदमा टाइगर ग्रुपले खेलकुदको माध्यमबाट सबैलाई एक ठाउँमा जोड्दै सामाजिक क्रियाशिलता बढाएको बताए ।
सो अवसरमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङ,गण्डकी प्रदेशका सांसद एवं संस्थाका महासचिव प्रकाश बराल,गण्डकी प्रदेशका सांसद लिला बहादुर थापा,गण्डकी प्रदेशका पूर्व सांसद राजिव पाहारी, कोशी प्रदेश खेलकुद परिषदका पूर्व सदस्य सचिव हंशराज वाग्ले,नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरूङ लगायले टाइगर गु्रप अफ नेपालले भलिबल विकासमा गरेको योगदानको उ्रच्च मुल्याकंन गर्दे प्रदेश सरकार सधै सकारात्मक भएको कुरा व्यक्त गरे ।
टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले टाइगर ग्रुपले विभिन्न क्षेत्रमा आफ्नो सहकार्यको यात्रा जारी रहेको बताउँदै पाँचौ सस्करणको टाइगर कपको तयारी समेत जुटेको बताए ।
साधारण सभामा संस्थाका सचिव डिबी नेपालीले आगामी वर्षको प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दै आफ्ना अभियानहरुले अझै प्रभावकारी रुपमा अघि बढाउने जनाएका थिए भने कोषाध्यक्ष हरि कुमार श्रेष्ठले आर्थिक वर्षमा १८ लाख ३७ हजार बचत गर्न सफल रहेको जनाए ।