तनहुँमा रक्त सञ्चार केन्द्र सञ्चालनार्थ २९ लाख संकलन

नयाँलिपिः नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको दिगो सञ्चालनका लागि २९ लाख सङ्कलन भएको छ ।

दमौली अस्पताल परिसरमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रलाई दिगो बनाउन थालिएको अभियान अन्तर्गत हालसम्म रू २९ लाख सङ्कलन भएको हो ।

विसं २०७२ मङ्सिर १२ गते रक्तसञ्चार सेवा केन्द्र स्थापना भएको थियो । हाल दमौली अस्पतालको सहयोगमा मेडिबैंक भएको अस्पतालको गेटमै रक्तसञ्चार केन्द्र सञ्चालनमा रहेको छ । रक्तसञ्चार केन्द्रलाई दिगो र सहज बनाउन ५० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्य बमोजिम सहयोग अभियान थालिएकामा विभिन्न पालिका बाट सहयोग प्राप्त भइसकेको र केही पालिका बाट सहयोगको प्रतिबद्धता आएको रेडक्रस शाखा सभापति प्रा।डा।कृष्णप्रसाद गौतमले जानकारी दिए ।

प्रा। डा। गौतमका अनुसार २१ लाख ५० हजार खातामा जम्मा भइसकेको छ भने सात लाख ५० हजारको प्रतिबद्धता प्राप्त भएको छ । गौतमका अनुसार व्यास नगरपालिका बाट पाँच लाख, बन्दीपुर गाउँपालिका बाट पाँच लाख, म्याग्दे गाउँपालिका बाट पाँच लाख, भानु नगरपालिका बाट चार लाख, भिमाद नगरपालिकाबाट दुई लाख, घिरिङ गाउँपालिकाबाट ५० हजार प्राप्त भइसकेको छ ।

शुक्लागण्डकी नगरपालिका बाट तीन लाख, देवघाट गाउँपालिका बाट दुई लाख ५० हजार, ऋषिङ गाउँपालिका बाट दुई लाखको प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ ।

Scroll to Top