एसिसी यु–१९ महिला एसिया कपः एक खेल अगावै नेपाल सेमिमा

fishtail hospital

नयाँलिपिः मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको नेपालले भारतसँग अङ्क बाँडेको छ ।

भारतसँग अङ्क बाँडेसँगै नेपाल समूह ‘बी’को शीर्षस्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो ।

भारत र नेपालको समान तीन-तीन अङ्क भए पनि नेपाल तालिकाको शीर्षस्थानमा छ । समूह चरणको दोस्रो खेलमा मङ्गलबार नेपालले भारतसँग अङ्क बाँडेको हो ।

खराब मौसममा कारण खेल प्रभावित भएपछि नेपाल र भारतले अङ्क बाँडेका हुन् ।

टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले भारतलाई ९५ रनको चुनौती दिएको थियो । नेपालले ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै ९४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान पूजा महतोले ४० बलमा २५ रन बनाउनुभयो । एलिसा यादवले मात्र ९ बलमा २० रन जोड्नुभयो । अन्य कुनै पनि ब्याट्सम्यानले दोरहोरो अङ्कमा रन जोड्न सकेनन् ।

Scroll to Top