पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीले आज अन्तिमपटक हिरासत म्याद थप्दै छ।
कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले हिरासत म्याद थप्न आज लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लागिएको जानकारी दिए। ‘अब ४ दिन मात्र म्याद थप्न पाइन्छ’, उनले भने।
यसअघि सातौँपटक मंसिर १७ गते थपिएको थप ५ दिनको म्याद गएरातिबाट सकिएकाले प्रहरीले लामिछानेविरुद्ध आज आठौँपटक म्याद थपको अनुमति लिन लागेको हो।
सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले ९० दिनसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। यस हिसाबले सो प्रकरणमा पक्राउ परेका पहिलो व्यक्तिबाट हिसाब गर्दा अब रविलाई हिरासतमा राख्न बाँकी म्याद ४ दिन मात्र छ। सोही कारण आज थपिने म्याद अन्तिम हुनेछ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।