मिस तामाङको तालिम सुरु

पोखरा । पोखरामा नवौं संस्करणको मिस तामाङ पोखरा प्रतियोगिताको लागि छनोट भएका तामाङ समुदायको युवतीलेहरु कोशनिबारबाट तालिम दिन सुरु गरेको हो  लागि तालिम सुुरु भएको छ ।

माघ १२ गते पोखरा सभागृहमा हुने मिस तामाङ पोखराका लागि १३ जना तामाङ समुदायको युवतीले सहभागिता जनाउने कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले बताए । प्रतियोगिहरुलाई बिभिन्न बिषयमा प्रदान गरिने तालिमको शुरुवात गरिएको संयोजक तामाङले जानकारी दिएका छन् ।

पहिलो दिनको ओरेन्टेशन कक्षाको सहजीकरण पोखरेली युवा साँस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले गरेका थिए । यस अघि नेपाल सरकार भाषा आयोजका पुर्व सदस्य भाषाविद अमृत योञ्जनले तालिमको औपचारिक रुपमा शुरुवात गरेका थिए ।

तालिमको उदघाटनमा बोल्दै भाषाविद योञ्जनले हरेक भाषाहरु चेपुवामा पर्दै गएको सन्दर्भमा युवा पुस्ताालाई आफ्नो संस्कार, भाषा र भेषभुषा प्रति रुची जगाउने यस्ता कार्यक्रमले संरक्षणमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।  सहजकर्ता पौडेलले भाषा, संस्कार र संस्कृति सकियो भयो कुनैपनि समुदायको अस्तित्व विलुप्त हुने हुँदा यसतर्फ युवा पुस्ता सचेत हुनुपर्ने बताए ।

सहभागिहरुलाई हरेक दिन बिभिन्न विषयमा तालिम प्रदान गरिने कार्यक्रमका सहसंयोजक रोशिला ब्लोन तामाङले जानकारी दिएका छन् ।

प्रतियोगितामा लावनी तामाङ, सुप्रिया गोले तामाङ, सोनिका तामाङ, पुर्णिमा तामाङ, सुमिना तामाङ, प्रिन्सेस घिसिङ तामाङ, शिशा लामा, मञ्जिता पाख्रिन, जमुना लामा, सुनिता तामाङ, पवित्रा तामाङ, पुर्णिमा लामा र आकृति तामाङ सहभागी छन् ।

बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको मिडिया संयोजक सन्जय मल्लले बताए ।

Scroll to Top