आर्दश कपमा अन्तिम चार टीमको टुङ्गो, भोलिबाट सेमिफाईनल खेल सुरु

लेखनाथ । लेखनाथको भण्डारढिकमा जारी २५औं आदर्श कप फुटबल प्रतियोगितामा अन्तिम चार टीमको टुङ्गो लागेको छ ।

आज(मंगलबार) एन्फा गोरखा र नेपाल प्रहरी गण्डकी प्रदेशको खेल सकिएसंगै सेमिफाईनलमा पुग्ने अन्तिम चार टोलीको टुङ्गो लागेको हो ।
आज भएको खेलमा नेपाल प्रहरी गण्डकी प्रदेशलाई २–१ गोलले पराजित गर्दै एन्फा गोर्खा जिल्ला फुटवल संघले सेमिफाईनलमा स्थान बनाएको हो ।

खेलको पहिलो हाफको ५५ औ मिनेटमा एन्फा गोर्रखाका रिचार्ड अपेकाले गोल गदै टीमलाई अग्रता दिलाएका थिए ।

खेलको दोश्रो हाफपछिको समयमा ७१ औ मिनेटमा नेपाल प्रहरीको तर्फबाट विवेक गुरुङले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याएका थिए । तर खेलको अन्तिम समयको ८४ औं मिनेटमा नेपाल प्रहरीका खेलाडीले फल गरेपछि पाएको पेनाल्टी सुट आउटको सदुपयोग गर्दै एन्फा गोरखाका देव गुरुङले गरेको गोल गरे । त्यही गोल जितका लागि निर्णायक बन्यो ।

खेलको म्यानअफ दी म्याचको एन्फा गोर्रखाका आकाश थापा घोषित भए । उनले टर्फी सहित नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन

प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाईनलको पहिलो खेल भोलि (बुधवार) आयोजक आदर्श युवा क्लव र कास्की ११ विच हुनेछ ।

Scroll to Top