आर्दश कप : कास्की–११ सेमिफाइनलमा प्रवेश

लेखनाथ । लेखनाथको भण्डारढिकमा जारी २५ औं आदर्श कप फुटबल प्रतियोगितामा आज (सोमबार) भएको खेलमा कास्की–११ विजयी भएको छ । कास्की–११ ले स्याङजा फुटबल संघलाई २–० ले पराजित गरेको हो ।

कास्कीको जितमा मुकुन्द निउरे र अनिष तामाङले समान एक एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा कास्की–११ का मुकुन्द निउरेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

एक गोलले पछि परेको स्याङजाले एट्याकिङ खेल खेल्दा कमजोर बनेको डिफेन्डर लाईनअपको सदुपयोग गर्दे विपक्षी कास्की–११ का अनिस तमाङले खेलको ७६ औं मिनेटमा अर्को गोल गर्दे जित सुनिश्चित गरे । आजको जित संगै कास्की–११ सेमिफाईनलमा प्रवेश गरेको छ । कास्की–११ ले आयोजक आर्दश क्लब संग सेमिफाईनलमा भिड्ने छ । आजको खेलमा कास्की-११ का अनिस तमाङ म्यान अफ दि म्याच घोषित भए ।

 

प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।

निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले मंसिर २२ देखी २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको छ । भोलि (मंगलबार) क्वाटर फाईनलको अन्तिम खेल नेपाल प्रहरी र एन्फा गोरखाका विच हुने छ ।

 

 

 

 

 

Scroll to Top