आर्दश कप: आयोजकको विजयी सुरुवात

पोखरा । पोखराको भण्डारढिकमा आज बाट सुरु भएको आर्दशकप फुटबल प्रतियोगितामा आयोजक आर्दश युवा क्लबले विजयी सुरुवात गरको छ ।

आर्दश युवा क्लबले तनहुँलाई १–० गोलले पराजित गर्दे विजयी भएको हो । आर्दश क्लबका लागि सजिन मगरले पहिलो हाफको ४१ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो । उनले डि बक्स भित्रबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

खेलको दोस्रो हाफमा तनहुँले आक्रमक खेल पस्के पनि आयोजक आर्दश क्लबका डिफेन्डरले विफल तुल्याई दिए । अन्तत त्यही पहिलो हाफमा गरेको गोल नै जितको लागि काफी भयो । आज भएको खेलको आदर्शका लागि गोल गर्ने सजिन मगर म्यान अफ दी म्याच घोषित भए ।

“निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता” भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले आर्दश क्लबले आयोजना गरेको  प्रतियोगिता मंसिर २९ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैया र उपविजेतालाई २ लाख २५ हजार पाँचसय २५ रुपैया सिल्ड,मेड र प्रमाण पत्र प्राप्त गर्नेछन ।

खेल हुनु पुर्व २५औं आर्दश कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको वताएका छन ।

प्रतियोगिता अन्र्तगत आईतबार नेपाल आर्मी सिद्धिदल गण र शसस्त्र प्रहरी बल गण्डकी मुख्यालय विच प्रतिष्पर्धा हुनेछ ।

 

 

Scroll to Top