आइटिएफ जे ३० टेनिसः सिंगल्सतर्फ हाईनुओ र माहिका बिजयी

पोखरा । पोखरामा जारी आइटिएफ जे३० वल्र्ड टेनिस टुर सर्किट १ अन्तर्गत शनिबार सम्पन्न सिंगल्सतर्फको फाइनलमा ब्वाइजतर्फ चिनका हाइनुओ गुओ र गल्र्सतर्फ भारतकी माहिका खन्ना बिजयी भएका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न सर्किटको फाइनलमा चिनका हाइनुओले भारतका आश्रव्य मेहेरालाई सोझो सेटमा पराजित गरे । निकै आक्रमक खेल प्रस्तुत गरेका हाइनुओले आश्रव्यलाई खेलमा फर्किने कुनै मौका नै दिएनन् । उनले आश्रव्यलाई ६–३, ६–४ ले पराजित गरे ।

यत गल्र्स सिंगल्सतर्फको खेल भने निकै रोमाञ्चपूर्ण रह्यो । भारतकी माहिका खन्ना विरुद्धको नेपाली खेलाडी सुनिरा थापा टाइव्रेकर खेलमा पराजित भइन् । पहिलो सेट ६–२ ले माहिकालाई सुम्पिएकी सुनिराले दोस्रो सेट ७–६(७–४) ले गुमाउन पुगिन् ।

यस्तै ब्वाइज डबल्स फाइनलमा ओजस मेहलावत र अधिराज ठाकुर (भारत)ले आदित्य मोर र प्रकाश सरन (भारत)लाई ६–२, ६–१ ले पराजित गरे भने गल्र्स डबल्स फाइनल खेलमा दिशा बेहरा र अर्जान खोरकिवाला (भारत) ले माहिका खन्ना र एन्जल पटेल (भारत) लाई ६–३, २–६, १०–५ ले पराजित गरे ।

सर्किट १ मा बिजेता खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष नविन चालिसे, कोषाध्यक्ष विष्णु बहादुर थापालगायतले मेडल वितरण गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आजबाट सर्किट–२ अन्तर्गतका क्वालिफाइङ राउण्डका खेलहरु समेत सुरु भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जनाएका छन् । ब्वाइजतर्फ क्वालिफाइङ राउण्डतर्फ विभिन्न देशका २७ र गल्र्सतर्फ ८ जना छन् । मेन ड्रमा नेपालसहित १० देशका २८–२८ जना गरी ५६ जना सहभागि छन् ।

दुई दिन सम्म चल्ने क्वालिफाइङ खेलबाट ४–४ जना मेन ड्रका लागि छनौट हुने छन् । मेन ड्रका लागि भने नेपाली ४ जना खेलाडीहरुले वाइल्ड कार्डबाट सोझै प्रवेश पाइसकेका छन् । प्रतियोगिता मंसिर २९ गते सम्म सञ्चालन हुनेछ ।

Scroll to Top