सयपत्री सहकारीको कारोबार करिब २ अर्ब

पोखरा । पोखरा ११ रानीपौवामा रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्थाको बार्षिक कारोबार करिब २ अर्ब रहेको सहकारीका प्रबन्ध निर्देशक विकास सुवेदीले बताएका छन ।

सहकारीको शनिबार सम्पन्न १५ औं बार्षिक साधारण सभामा प्रबन्धक विकास सुवेदीले सयपत्री सहकारीको कुलवासलात १ अर्ब ८७ करोड ४७ लाख रहेको जनाएका हुन ।

१ अर्ब २६ करोड निक्षेप संकलन रहेको सयपत्री सहकारीले १ अर्ब ३५ करोड कर्जा लगानी गरेको छ । जगेडा कोषमा १३ करोड ४६ लाख रहेको अवस्थामा २३ करोड ७५ लाख तरलता रहेको सहकारीले जनाएको छ । ५ करोड ६५ लाखस्थिर सम्पती रहेको सहकारीले गत १६ गतेदेखि प्रतिनिधिमुलक साधारण सभाको आयोजना गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथिे पोखरा महानगरपालिका वडा नं ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले सयपत्री सहकारीको १५ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै अध्यक्ष कर्माचार्यले सवै सुविधा प्रदान गरेको सयपत्री सहकारीबाट नियमित आर्थिक कारोबार गर्न सेयर सदस्यलाई आग्रह गरे ।

वार्षिक रुपमा उत्कृष्ठ आर्थिक कारोबार गर्ने सेयर सदस्यबाट सम्मानित समेत भएका विश्वासलाई कायम राख्नु पर्ने बताएका उनले पछिल्लो समय सहकारीहरुमा देखिएको राष्ट्रिय समस्या नआउने बताए ।

पोखरा ११ रानीपौवामा रहेको सहकारीको आफ्नै भवनबाट कारोबार गर्दै आएको सहकारीमा ५ हजार ८ सय जना सेयर सदस्य छन् ।

सहकारीका अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा प्रमुख सल्लाहकार रवीन्द्रनाथ बास्तोलाले प्रविधिमैत्री बनेको सहकारीले अर्ब बढि कारोबार गरेर वित्तीय अनुशासन देखाएको बताए । कार्यक्रममा सल्लाहकार माधवप्रसाद बास्तोला ‘मधु’, उपाध्यक्ष धर्मप्रसाद बास्तोला, सचिव वसन्तराज कोइराला, कोषाध्यक्ष नारायण बास्तोला, लेखा समितिका संयोजक दिपकप्रसाद घिमिरे, पोखरा महानगरपालिका सहकारी अनुसन्धान समितिका दीपक प्रकाशआचार्य लगायतले सहकारीको गतिविधि गुणात्मक तथा आर्थिक अनुशासनमा हुनु पर्ने बताएका थिए ।

सम्पन्नवार्षिक साधारण सभामा उत्कृष्ठ कारोबार गर्ने प्रेमप्रसाद कर्माचार्य, शान्तिदेवीपालिखे, विमल केसी, इश्वर कार्की, जगन्नाथबास्तोला, विशवाल रिमाल, अजयथापा, विक्रमप्रसाद श्रेष्ठ, राजकुमार श्रेष्ठ, हरिश्चन्द्र मन्जित, हरिप्रसाद तिमिल्सिना र नौमाया गुरुङसेनीलाई सम्मान गरिएको थियो ।

सहकारीले कार्यरत १४ जना कर्मचारी मध्येबाट वर्ष उत्कृष्ठ कर्मचारीमा अनुपमा श्रेष्ठलाई सम्मान गरेको छ ।

कार्यक्रममा सेयर सदस्यका एसइई उत्तिर्ण छोराछोरी मध्ये उत्कृष्ठ अंकप्राप्त गर्ने विद्यार्थी अनमोल थापा, सरिना बास्तोला र कृष्मागौतमलाई सम्मान गरिएको थियो ।

Scroll to Top