बगर भाइखलकको अध्यक्षमा इश्वरमान

पोखरा । बगर भाइ खलकको अध्यक्षमा इश्वरमान चयन भएका छ्न । शनिबार पोखरा माटेपानी १२ मा एस आर केसी बेन क्वीटमा भाइ खलकको सातौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले इश्वरमानको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा यामबहादुर गुरुङ, महासचिवमा मनकाजी गुरुङ, सचिवमा गणेश सेन्चुरी, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा ओमकार गिरी निर्विरोध निर्वाचित भएका हुन ।

यस्तै कार्य समिति सदस्यमा विजया गुरुङ, सन्तोष गुरुङ (धन), इश्वर गुरुङ (चन्द्र), क्याप्टेन जुमकाजी गुरुङ, राजकुमार गुरुङ, राजेश गुरुङ (राजु), अमित गुरुङ (जोन), भिष्म गुरुङ विशाल र देवी प्रसाद गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट तथा सदस्यद्धय महेश गुरुङ र दिनेश कुमार श्रेष्ठले शनिबारनै सपथ ग्रहण गराए ।

निर्वाचित हुँदै अध्यक्ष इश्वरमानले संस्थालाई एकृकित गरि आर्थिक रुपमा सबल बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थाको हितका लागि च्यारिटी डिनर, फुटबल प्रतियोगितालाई निरन्तरता दिदैँ पोखरामा विभिन्न संघ संस्था तथा क्लबहरुले गर्ने खेलकुद गतिविधिमा समेत सहयोग गर्ने सुनाए ।

त्यसअघि भएको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिका १ का वडा अध्यक्ष साहारा प्रधानले बगर भाइखलक खेलकुदको पर्यावाची रहेको बताए । खेलकुदको क्षेत्रमा उल्लेखनीय योगदान दिदैँ आएको संस्थाको नयाँ कार्यसमितिलाई नयाँ कामहरु गर्न अनुरोध गरे ।

कार्यक्रमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार तेज गुरुङ, भुपु खेलाडी मञ्चका संस्थापक खड्का रानाभाट, महेश गुरुङ, भानुभक्त अधिकारी लगायतले आफ्नो भनाइ राखेका थिए ।

Scroll to Top