पोखराः राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दोस्रो खेल खेलेको पोखरा एभेन्जर्स पराजित भएको छ ।
एभेन्जर्सलाई पराजित गरेको जनकपुर बोल्टले लगातार ३ जीत हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा पोखराले दिएको १३९ रनको सामान्य लक्ष्य जनकपुरले ३ विकेटको क्षतिमा १७.१ ओभरमै पूरा गर्यो।
अलराउन्डर जिमी निशमले २० बल खेलेर नटआउट ४० रन जोडेपछि जनकपुर अंक तालिकामा ६ अंककासाथ शीर्षस्थानमा रहेको छ ।
यसअघि चितवन राइनोजसँग पोखराले लज्जास्पद हार व्यहोरेको थियो ।