काठमाडौंः काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् ।
स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन ।
रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका छन् । २०७९ मा विजयी भएको नेपाली कांग्रेस भने तेस्रोमा धकेलिएको छ । कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएर तेस्रो भए ।
यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका छन् ।
यो वडामा यसअघि कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।