पाेखरा: युनाइटेड क्लबले पोखरा महोत्सवको १३औँ संस्करण आगामी पुस २५ देखि माघ ७ गतेसम्म अमरसिंह चौरमा सञ्चालन हुने जनाएको छ ।
महोत्सवको तयारीबारे जानकारी दिँदै क्लबका अध्यक्ष लोकबहादुर थापाले ३० उपसमिति गठन गरी तयारी अघि बढाएको उल्लेख गरे ।
थापा मूल संयोजक रहेको अन्य समितिमा कार्यसम्पादनतर्फ राजु श्रेष्ठ, अतिथि व्यवस्थापनमा हिमालय बख्रेल, सचिवालय व्यवस्थापनमा शुकबहादुर गुरुङ, अनुगमनमा लालकाजी गुरुङ, कलाकार व्यवस्थापनमा गणेश तिमिल्सिना, प्रायोजक व्यवस्थापनमा शान्तबहादुर थापा, सुरक्षा व्यवस्थापनमा सूर्यबहादुर बानियाँ छन् ।
यसैगरी, क्लबका विभिन्न पदाधिकारीलाई अन्य समितिको जिम्मेवारी दिइएको छ ।