एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाई

santan ads

काठमाडौ ।  यू–१९ एसिया कपमा सहभागी हुन संयुक्त अरब (यूएई) जाने नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज गरेको छ।

क्यानद्वारा आयोजित एक बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतको सहभागी रहेको थियो  

एसिया कप यही मङ्सिर १४ देखि २३ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् ।

नेपालले प्रतियोगिता उद्‌घाटनकै दिन श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै नेपालले दोस्रो खेल १६ गते बङ्गलादेशसँग खेल्नेछ भने तेस्रो खेल १८ गते अफगानिस्तानसँग खेल्ने छ ।

टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् भने सहायक प्रशिक्षकमा धीरेन्द्र चन्द छ्न ।

Scroll to Top