पोखरा । पोखरामा मोडिफाई गरेर चलाएको २३ वटासवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंिर १ गतेदेखी ७ गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की ले चेक जाँच गर्दा विभिन्न कम्पनीका २३ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिएको हो ।
चेक जाँच गर्दा नियन्त्रणमा लिएको सवारी साधनमा मोडिफाई गरि आवाज चर्को गरेको र ध्वनी प्रदुषणमा कैफियत देखिएकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।
स्वरुप परिवर्तन, ध्वनी प्रदुषण गरी सवारी साधन नचलाउन र कसैले चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिन प्रहरीले अनुरोध समेत गरेको छ ।
• ;