रविसहित १० जनाविरुद्ध चितवनमा पनि सहकारी ठगीको जाहेरी

santan ads

पोखराः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ।

चितवनको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो। जाहेरीमा लामिछानेसहित अन्य १० जना रहेका छन् ।

साहारा चितवन सहकारी ठगीको मुद्दा यसअघि नै अदालत पुगिसकेको थियो। असोज ८ मा जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो।

३ सय १९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको भन्दै १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो।

Scroll to Top