Skip to content

नेपालका २ विद्यालयलाई स्टार रेटिङ फर स्कुल्स अवार्ड

काठमाडौं । नेपालका २ वटा बिद्यालयले स्टार रेटिङ फर स्कुल्स अवार्ड प्राप्त गरेका छन् । मोटर स्पोर्ट्स, अटोमोवाइल मोविलिटि, टुुरिजम तथा सडक सुुरक्षाको राष्ट्रिय संघ नेपाल अटोमोवाईल एसोशिएसन (नासा नेपाल)ले भियतनाममा अवस्थित AIP Foundation को सहयोगमा ए सेफ जर्नी टु स्कुल अभियान अन्तगर्त धुलिखेल, काभ्रेमा अवस्थित सञ्जीवनी नमुना माध्यमिक बिद्यालय र भैँसेपाटी, ललितपुरमा अवस्थित आदर्श सौलः युवक माध्यमिक विद्यालयको स्टार रेटिङ गरेको थियो ।

लण्डनस्थित इन्टरनेसनल रोड असेस्समेन्ट प्रोग्रामको म्यानुअलमा आधारिति सो रेटिङमा सञ्जीवनी नमुना माध्यमिक बिद्यालय र आदर्श सौलः युवक माध्यमिक विद्यालयले क्रमशः ४.५ स्टार र ४.२ स्टार रेटिङ प्राप्त गरेका छन् ।

काठमाण्डौमा आयोजित नेसनल युथ कन्फ्रेन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटि -National Youth Conference for Safe & Sustainable Mobility) सम्बन्धि राष्ट्रिय युवा सम्मेलनमा विद्यालय, सम्बन्धित स्थानिय निकाय तथा अभियानमा संलग्न व्यक्तिहरुलाई बागमति प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटि नेपालका संयोजक एवं पुर्व मन्त्री योगेश भटराईले अवार्ड बितरण गरेको थियो ।

सो समारोहमा सेफ जर्नी टु स्कुल अभियानका संयोजक सुवास भटराईले स्टार रेटिङ फर स्कुल्सको अन्तर्राष्ट्रिय परिवेश र नेपालमा विद्यार्थीहरुको आगमान र विद्यालयलाई सुरक्षित बनाउने सम्बन्धि प्रस्तुती दिएको थियो ।

नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटिका संयोजक एवं पुर्व मन्त्री योगेश भटराईको अध्यक्षतामा सम्पन्न सम्मेलनको उदघाटन समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री तिजुलाल चौधरीले सडक दुर्घटनाका कारण युवाहरुको अकालमा ज्यान गई रहेको प्रति सरकार चिन्तित रहेको बताए।

भोलिसम्म चल्ने दुइ दिने कन्फेन्सको उद्घादन गर्दै मन्त्री चौधरीले सडकमा ज्यान जानेक्रम रोक्नका लागि आगामी दिनमा प्रभावकारी कार्यक्रम ल्याउन आफु प्रतिवद्ध रहेको पनि सुनाए ।

बढ्दै गईरहेको सडक दुर्घटनाको भयावह अवस्था र यसबाट हुने मानवीय, आर्थिक र भौतिक क्षतिलाई न्युनीकरण गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले बताएका छन् ।

यस वर्ष हुने पहिलो राष्ट्रिय सम्मेलन आयोजनमा नासा नेपालको विशेष सहयोग रहने र कार्यक्रममा अन्तराष्ट्रिय वक्ताहरु, त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश संघ, राष्ट्रिय युवा परिषद् समेतको सहकार्य रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *