पोखरा । पोखरा महानगरपालिका–१६ अमरदिपस्थित गौमाया गुरुङको घरबाट जुवातास खेलिरहेको अवस्थामा गएराति साझ ७ जना पक्राउ परेका छन ।
जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेको ७ जनाबाट १ लाख बाह्र हजार ९० रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता बिरुद्को कसुर अन्तरगत जुवातास खेल्न वा सट्टेबाजी गर्न नहुने सम्बन्धि मुद्धामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिन म्याद थप गरि अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।