आमाको स्मृतिमा भोजन र अक्षयकोष स्थापना

santan ads

पोखरा । अर्जुन अधिकारीले आफ्नी आमा दुर्गादेवी अधिकारीको स्मृतिमा पोखरा चिसाखोला वेद विद्याश्रमका वटुकलाई भोजन दान गर्नुभएको छ । 

आमाको ४५ औं दिनको पुण्य तिथिमा अधिकारीले त्यहाँ आवाशिय रुपमा रहेका करिव २८ जना वटुकलाई विहानको भोजन गराउनुका साथै आमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

अधिकारीले अक्षयकोषका लागी नगद ५ हजार ५ सय ५५ रुपैयाँ विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सीनालाई हस्तान्तरण गर्नुभयो ।त्यस अवसरमा तिमिल्सीनाले धार्मिक कार्यमा युवाको अग्रसरता लोभ लाग्दो रहेको वताउँदै, युवा नेता अधिकारीको कार्यले समाजमा सकारात्मक सन्देश दिएको स्पष्ट पार्नुभयो ।

अधिकारीले सानो रकमवाट अक्षयकोषको शुरुवात गरेको वताउँदै, कोषमा आगामी दिनमा थप सहयोग गरिने वताउनुभयो । 

विद्याश्रममा ४७ जना आवाशिय रुपमा वस्दै आएको र १ सय  ४८ जना अध्ययनरत रहेको प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सीनाले जानकारी दिनुभयो ।गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टका स्वकिय सचिव समेत रहेका अधिकारीले यस अघि आमाको स्मृतिमा महेन्द्र मावि घार्मीमा पनि अक्षयकोष स्थापना गर्नुका साथै ओमकारेश्वर महादेव मन्दिरमा भेटी वापत उठेको रकम सहयोग गर्नुभएको थियो ।

पोखरा १९ घार्मी निवासी अधिकारीको गत असोज ४ गते ६० वर्षको उमेरमा निधन भएको थियो ।

Scroll to Top