वान डे क्रिकेट : पोखरा सेमीफाइनलमा

-


     नयाँ लिपि    
     कार्तिक ७ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी क्लब स्तरीय वान डे क्रिकेट प्रतियोगितामा गत संस्करणको विजेता सांग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै पोखरा क्रिकेट क्लबले रोमाञ्चक जित निकाल्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियसिप २०८१’ को समुहको विजेता बनेको हो ।

८१ रनको विजयी लक्ष्य पाएको सांग्रिला १३.५ ओभरमा ६९ रनमा अलआउट हुन पुग्यो ।

सांग्रिलाका लागि सिबृन श्रेष्ठले ३५ रनको उत्कृष्ट पारी खेलेपनि उनको विकेट पतनसँगै टोली संकटमा परेको थियो । उनले ३४ बलमा ६ चौका र १ छक्काको मद्धतमा ३५ रन बनाएका थिए । उनी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

ओपनर मेघनाथ खनाल १, राकेश गुप्ता ५, अरुण अधिकारी ४, सनम बुढा १ रनमा आउट भए भने, सुदिप पौडेल, विराट दवाडी, सुमिट शेरचन, सागर बस्याल र भुवन रेग्मी शुन्यमै पेभिलियन फर्किए ।

पोखराका लागि सुवाष भण्डारीले ७ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । देव शाहले ५.५ ओभरमा ३१ रन खर्चदै ४ र अनिश खड्काले १ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पोखरा २७.१ ओभरमा ८० रन बनाउँदा अलआउट हुन पुग्यो ।

पोखराका लागि ओपनर मुस्कान थापाले १८ रन बनाए । अर्जुन बुढाथोकी १, मनिष भण्डारी ७, सुवाष भण्डारी १२, रोशन पौडेल ११, अनिष खड्का ८, रोहन चन्द २, अमन सुवेदी ४ रनमा आउट भउ भने देव शाह र सागर भुजेल शुन्यमै पेभिलियन फर्किए । सांग्रिलाका लागि भुवन रेग्मीले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सिबृन श्रेष्ठ र सुदिप पौडेलले २÷२ तथा सुनम बुढा, सागर बस्याल र सुमिट शेरचनले १/१ विकेट लिए । जितसँगै पोखराको कुल ४ अंक रह्यो ।

सांग्रिला र यस अघि नै बाहिरिएको लेकसाइडको १/१ अंक रहेको छ । १२ गतेसम्म सञ्चालन हुने छ । भोलि कास्की क्रिकेट क्लब र माछापुच्छे« क्रिकेट क्लब बिच खेल हुनेछ ।