वान डे क्रिकेट : कास्की क्रिकेट च्याम्पियन बन्ने लयमा

-


     नयाँ लिपि    
     कार्तिक ५ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा जारी कास्की जिल्ला स्तरीय वान डे क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बन्ने लयमा देखिएको छ ।

आज(सोमबार) भएको खेलमा कास्की क्रिकेट क्लबले लेखनाथ क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दे च्याम्पियन बन्ने लय देखाएको हो ।
आजको हार संगै लेखनाथ क्रिकेट क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह वि अन्तरगतको खेलमा ४७ रनको विजयी लक्ष्य पाएको पोखराले ७.४ ओभरमै ३ विकेट गुमाउँदै ४९ रन जोडेपछि सहजै जित हासिल गरेको हो । ओपनर सोहिल कुँवरले २४ रनको योगदान दिए । उनले २४ बलमा २ चौका र १ छक्काको मद्धतमा २४ रन बनाउँदै आउट भए । अर्जुन कुमाल ९ रनमा आउट भए । आयुष सैन्जु शुन्यमा आउट भएभने राहित चन्द ६ र सफल श्रेष्ठ ४ रनमा नटआउट रहे । लेकसाइडका लागि विशाल पौडेलले ०।४ ओभरमा ९ रन खर्चेर २ विकेट लिए भने प्रदिप तामाङले ३ ओभरमा १९ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर व्याटिङ थालेको लेखनाथ २०.५ ओभरमा ४६ रन बनाउँदै अलआउट हुन पुग्यो । लेखनाथका लागि विशाल पौडेलले १४ रन र विमन प्रधानले ११ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । ओपनर सन्दिप शर्मा ४, दिपक बराल २, पुजन पौडेल १, सुवाष बास्तोला ३, सचिन पौडेल १, राज अधिकारी १ रनमा आउट भए भने, सुशिल सुवेदी र प्रदिप तामाङ शुन्यमा आउट भए ।
कास्कीका लागि विश्वास पराजुलीले ६ ओभरमा १ मेडनसहित १८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नितेश गिरि र आयुष सैन्जुले समान २/२ तथा अदित्य थापा र सचिन यादवले १/१ विकेट लिए । जितसंगै कास्कीलेण् सेमीफाइनलको यात्रालाई बलियो बनाएको छ । अब कास्कीले अन्तिम खेल माछापुच्छे«सँग खेल्नेछ । माछापुच्छे«को १ अंक रहेको छ । वर्षाको कारण लेखनाथ विरुद्धको खेल रोकिएपछि लेखनाथ र माछापुच्छे«ले अंक बाडेका थिए ।
यस्तै समुह ए तर्फ लेकसाइड बाहिरिएको छ । आइतबार पोखरा क्रिकेट क्लबसँग हार व्यहोरेसँगै बाहिरिदा पोखरा २ अंकका साथ शीर्षस्थानमा रहेको छ भने सांग्रिलाको १ अंक रहेको छ । समुह सि तर्फ राइजिङ २ अंकका साथ शिर्षस्थानमा रहेको छ । राइजिङ अंक विहिन रहँदा खेल खेल्न बाँकी अरण्यज्योती पुछारमा छ । प्रतियोगिता १२ गतेसम्म सञ्चालन हुनेछ।