पोखरा तनावग्रस्त,रिपोटिङ्गमा गएका पत्रकार घाइते

-


     नयाँ लिपि    
     कार्तिक ४ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा अहिले तनावग्रस्त छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एंव पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने सहकारी काण्डमा प्रकाउ परे पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले प्रदर्शन गरेको छ । प्रर्दशन भए संगै यहाँको स्थानीय प्रशासनले पोखराको केहि ठाउँमा निशेषज्ञा जारी गरेको छ ।

रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा हानेको थियो । भिड पछि नहटेपछि प्रहरीले अश्रुग्याँस हानेको छ ।

रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा जम्मा भएर जिल्ला प्रशासन अगाडी पुगेर अहिले पनि नाराबाजी गरिरहेका छन् । प्रदर्शनलाई ध्यानमा राख्दै ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारी र प्रहरी आमने सामने हुदा अवस्था तनावग्रस्त बनेको छ ।

सो आन्दोलनको रिपोटिङ गर्न गएका पोखराका पत्रकार सागरराज तिमिल्सिना सामान्य घाईते भएका छन । उनको हातमा ढुंगा लागेर कुहिनो सुनिएको छ । उनी अहिले घर मै आरम गरि रहेका घाईते पत्रकार सागर तिमिल्सिनाले बताए । प्रहरीले शुक्रबार पक्राउ परेका रवि लामिछानेलाई भने अहिले जिल्ला अदालत कास्कीमा पुर्याएको छ ।

घाईते पत्रकार सागर तिमिल्सिना सुनिएको कुइनो देखाउदै