निशिका अन्तर्राष्ट्रिय युथ  बक्सिङमा कास्कीबाट सहभागिता हुने पहिलो महिला खेलाडी

-


     नयाँ लिपि    
     कार्तिक ३ गते २०८१ मा प्रकाशित


पोखरा । अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबिए) द्वारा आयोजित ‘युथ मेन्स एन्ड उमेन्स् बक्सिङ च्याम्पियनसिप २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै कास्कीकी निशिका गुरुङले सहभागिता जनाउने भएकी छन् ।

‘अन्तर्राष्ट्रिय प्रतियोगितामा कास्की बाट कुनै पनि  महिला बक्सिङ खेलाडीले भाग लिने अवसर पाएको छैन’  निशिका गुरुङ्ले आफ्नो बल्बुताले कास्कीबाट त्यो अवसर  पाउने पहिलो महिला खेलाडी बनेकी छिन ।’ यो कास्की जिल्ला बक्सिङ संघकाे पनि सफलता हो ।  कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठले भने । 

नेपाल बक्सिङ महासङ्घले गरेको पटक पटक गरेको छनोट प्रकृयाबाट  उनी छनोटमा परेकी हुन ।

प्रतियोगितामा निशिकासहित पुरुषतर्फ अप्रिल राना र चेवाङ तामाङले समेत सहभागिता जनाउने छन् । यसैगरी प्रतियोगितामा प्रमुख प्रशिक्षकको रुपमा प्रकाश थापा मगर रहेका छन् भने प्रशिक्षकमा सुजित मगर रहेका छ्न । कास्कीबाट अग्रज प्रशिक्षक लोकबहादुर गुरुङ पनि  टोलीमा अटाएका छ्न । उक्त प्रतियोगिता मोन्टेनेग्रोस्थित बुदाभे शहरमा यही कार्तिक ४ देखि २१ गतेसम्म सञ्चालन हुदैछ ।