पोखरा । पोखरामा जारी क्लबस्तरीय वान डे क्रिकेट क्रिकेट प्रतियोगितामा राइजिङ पोखरा क्रिकेट क्लबले गण्डकी स्पोट्र्स क्लबलाई ५ विकेटले हराएको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी कास्की जिल्ला स्तरीय क्लब एक दिवसिय क्रिकेट प्रतियोगितामा ७७ रनको विजयी लक्ष्य पाएको राइजिङले १७.१ ओभमार ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
राइजिङले ७८ रन बनाउँदै जितसँगै स्पष्ट ३ अंक जोडेको छ ।
राइजिङका लागि नविन पोखरेलले २० र कृष्ण पौडेलले १३ रनको अविजित पारी खेले । नविनले ४६ बलमा १ चौकाको मद्धतमा २० रन बनाएका थिए भने, कृष्णले ६ बलमा १ चौका र १ छक्काको मद्धमा १३ रन बनाएका थिए । प्युस शेर्पा १, निमल पिसी १३, विमलविक्रम खत्री ३ र अस्विन अधिकारी २ रनमा आउट भए ।
गण्डकीका लागि विमोचन सापकोटाले ४.१ ओभरमा १ मेडनसहित २ विकेट लिए । अजय राम, सुमन अधिकारी र सिद्धान्त गिरीले समान १÷१ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदामा टस जितेर ब्याटिङ थालेको गण्डकी स्पोट्र्स २४.२ ओभरमा ७६ रन बनाउँदै अलआउट हुन पुग्यो । गण्डकीका लागि अजय रामले १७ रनको अविजित पारी खेले । उनले १६ बलमा ३ चौका प्रहार गरे । यस्तै ओपनर ब्याट्सम्यान सिद्धान्त गिरिले १९ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । प्रदिप माझि १, सम्राट अधिकारी ८, सुरज अधिकारी ५, दिपक माझि८विवेश अधिकारी शुन्य, विमोचन सापकोटा २, सुमन अधिकारी १ र स्मित कडेल शुन्यमा आउट भए ।
राइजिङका लागि समिर भुजेलले ७ ओभरमा १ मेडनसहित सर्वाधिक ४ विकेट लिए । कृष्ण पौडेलले ५.२ ओभरमा २ मेडनसहित ३ विकेट लिए भने अन्जन केसी, विमल विक्रम खत्री र लोकेन्द्र गहतराजले १/१ विकेट लिए । भोलि लेकसाइड क्रिकेट र पोखरा क्रिकेट क्लब बिच हुने छ ।