चापापानी सिद्धार्थ सहकारीको साधारणसभा सम्पन्न

-


     नयाँ लिपि    
     असाेज १९ गते २०८१ मा प्रकाशित



पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराको पन्धौ साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा वोल्दै प्रमुख अतिथि भूमी, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्न सेयर सदस्यलाई आग्रह गरेका छ्न । अहिले बजारमा नाफाको पछि हिडेका सहकारीहरू जोखिममा रहेका बताउदै उनले चापापानी सहकारीको वितिय अवस्था हेर्दा निकै मजबुत रहेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछाने,चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका प्रमुख संरक्षक तथा निर्वतमान अध्यक्ष नरेश बहादुर कार्की,सयपत्री सहकारीका अध्यक्ष टिका बहादुर कार्की पुरानोधारा सहकारीका अध्यक्ष कृष्ण कोईरला संस्थाका सल्लाहकार डा अनिल सुव्दी लगाएतले मन्तव्य राखेका थिए ।

सहकारीका अध्यक्ष दिपक कार्कीले अध्यक्षको प्रतिवेदन सचिव ईन्दिरा कोइरालाले सचिवको प्रतिवेदन सहकारीकी व्यवस्थापक करूणा शाही कार्कीले सहकारीको वितिय अवस्था ऋण लगानी समितिका संयोजक गुप्त बहादुर कार्कीले ऋण लगानीको प्रतिवेदन लेखा संयोजक चित्र प्रसाद दाहालले लेखा समितिको प्रतिवेदन कोषाध्यक्ष इन्द्रदत्त बरालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीका उपाध्यक्ष श्याम प्रसाद साँखीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सहकारीका शिक्षा उपसमितिका संयोजक मनोहरि पौडेलले सहकारीका सात सिद्दान्त पढेर सुनाएका थिए ।

कार्यक्रममा सहकारीमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य,उत्कृष्ट बचतकर्ता त्यसैगरी शेयर सदस्यका छोरा छोरीहरु मध्य एसईई, प्लस टु मा,स्नातक,स्नातकोत्तर उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरीएको थियो ।

सहकारीका अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव ईन्दिरा कोइरालाले कार्यक्रम सन्चालन गरेकी थिइन् ।