माछापुच्छ्रे टी–२० क्रिकेट लिगमा आर.के.भिक्टोरियन र स्लामिक कंक्रर्स विजयी

-


     नयाँ लिपि    
     असाेज १८ गते २०८१ मा प्रकाशित


पोखरा । माछापुच्छ्रे क्रिकेट क्लवको आयोजनामा लेखनाथमा जारी माछापुच्छ्रे टी–२० क्रिकेट लिग अन्तर्गत शुक्रबारको खेलमा आर.के.भिक्टोरिय र स्लामिक कंक्रर्स विजयी भएका छन् ।

पहिलो खेलमा आर.के.भिक्टोरियनले लेखनाथ बुमर्समाथि ६ रनको रोमाञ्चक जित हाँसिल गरेको हो ।

टस जितेको लेखनाथले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको भिक्टोरियनले १४.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८८ रनको योगफल तयार पारेको थियो ।

आर.के. भिक्टोरियनका ब्याटरहरु सुदिप पौडेलले २४ बलमा ३ चौका प्रहार गर्दै २३ रन जोडे । विश्वास पराजुलीले १८ तथा कप्तान कविन सापकोटाले ११ रन हाने ।

लेखनाथका बलरहरु साजन क्षेत्री र विसाल पौडेलले समान ३ विकेट लिए ।

सत्कार चालिसेले २ तथा लक्ष्मण थापा क्षेत्री र कप्तान प्रदीप तामाङले १÷१ विकेट लिए । जितका लागि ८९ रनको लक्ष्य पछ्याउने क्रममा लेखनाथ बुमर्सले १६ ओभरमा ८ विकेट गुमाएर ८२ रन बनायो । लेखनाथको तर्फबाट राजु छन्त्यालले सर्वाधिक २२ रन जोडे । विसाल पौडेलले अविजित ११ रन बनाए ।

आर.के.भिक्टोरियका बलरहरु विश्वास पराजुलिले ३, अलिक श्रेष्ठले २ तथा कविन सापकोटा र रितेस बरालले १÷१ विकेट लिए । खेलमा आर.के.भिक्टोरियका विश्वास पराजुली प्लेयर अफ द म्याच भए ।

शुक्रबारको अर्को खेलमा इस्लामिक कंक्रर्सले एभरेष्ट क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको एभरेष्टले १९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो । एभरेष्टको तर्फबाट विक्की शर्मा र दीपक माझीले समान १६ रन जोडे ।

इस्लामिकका बलर जस्मिन थापाले ३ तथा रोशन कँडेल र पुस्कल पौडेलले दुई दुई विकेट लिए । जितका लागि १ सय १६ रनको लक्ष्य पछ्याएको इस्लामिक कंक्रर्सले १७.४ ओभरमा ५ विकेट गुमाएर जित हासिल गर्यो । इस्लामिकको तर्फबाट प्लेयर अफ द म्याच विजय विश्वकर्माले १८ बलमा अविजित ३० रन हाने । पुष्कल पौडेलले २४ र अनिष जिसीले २१ रन जोडेका थिए । एभरेष्टका बलर नियाज अहमद र अजयरामले दुई दुई विकेट लिए ।