पश्चिमाञ्चल सामुदायिक अस्पतालले सेवा विस्तार गर्दै

-


     नयाँ लिपि    
     असाेज १८ गते २०८१ मा प्रकाशित


पोखरा । पोखराको पृथ्वीकोमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालले बिरामीको बढ्दो चापलाई मध्यनजर राखी सेवामा स्तरोन्नति गरेको छ ।

अस्पतालले बिरामीको आवश्यकतालाई ध्यानमा राखी एउटै छाना मुनि सबै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अहिले भई रहेको सेवामा आखाँ र दाँतको सेवा थप गरेको अस्पतालका निर्देशक मिलन श्रेष्ठले बताए ।

‘हामीले अस्पतालमा सुपरस्पेसिलिष्ट सेवा समेत प्रदान गर्नुको साथै उच्च स्तरिय स्वास्थ्य सामाग्रीहरु द्दारा सेवा दिई रहेका छौ ।’ श्रेष्ठले भने ।

५० बेडको क्षमता रहेको उक्त अस्पतालमा अहिले ओपिडि, आईसियु भेन्टिलेटर, ओटि, फार्मेसी, विषेशज्ञ सेवा, २४ सै घण्टा एम्बुलेन्स सेवा , रक्त परिक्षण , २४ सै घण्टा इमर्जन्सी लगायत सेवा दिदै आईरहेको छ ।

यी सेवा सुधारबाट सेवाग्राहीहरुले विगतमा भन्दा सहज महसुस गर्ने अस्पतालका फार्मेसी विभाग प्रमुख एवं एसिस्टेन्ट प्रोफेसर नवराज बास्तोलाले जानकारी दिए ।

प्रयाप्त पार्किङ रहेको उक्त अस्पतालमा १५० जना कर्मचारी रहेको निर्देशक श्रेष्ठले बताए ।

अस्पतालका निर्देशक श्रेष्ठले सेवालाई सरलीकृत र सहज बनाउँदै लैजाने बताए ।

अस्पतालले चाडबाडलाई लक्षित गरि दशै र तिहारमा नि : शुल्क आखाँ र दाँत परिक्षण राखेकोले अवसरको फाईदा लिन अस्पतालले आग्रह गरेको छ ।