यू–१९ क्रिकेट : किरण चम्किदाँ स्याङजाको जित

-


     नयाँ लिपि    
     असाेज १० गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा रंगशालामा जारी वाई वाई यू–१९ क्रिकेट प्रतियोगिताका आज(बिहिबार) भएको खेलमा स्याङजा ९३ रनले विजयी भएको छ । सुमह ‘बि’को अन्तरगतको पहिलो खेलमा स्याङजाले बाग्लुङलाई जितेको हो ।

स्याङजाको जितमा किरण भट्टराईले व्यक्तिगत ४९ रन बनाउनुको साथै ६ विकेट पनि उनैका नाममा रह्यो । उनले ६४ बलमा ७ चौका सहित ४९ रन बनाएको हो । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।

उनले बाग्लुङका चार जना खेलाडीलाई सुन्य रनमा नै पेभिलियन फर्काए । बाग्लुङका लागि सर्वाधिक रन जोडेका चन्द्र दिप यादवलाई व्यक्तिगत २३ रनमा आफ्नै हातबाट क्याच आउट गर्दा ४ रन बनाएका आर्य प्रशिद्ध नेपाललाई बोल्ड गरे ।

यस अघि टस हारेर पारीको सुरुवात गरेको स्याङजा ४२.१ ओभरमा १६० रन बनाएको थियो । स्याङजाको स्कोरमा २२ रन अतिरिक्त रन जोडिएको थियो । स्याङजाका लागि ओपनर करण पगेनीले ४१ बलमा एक छक्का र ४ चौका प्रहार गर्दै ३० रन जोडे तर अर्का ओपनर अनिष ताम्राकार ९ रन मात्रै बनाए ।

स्याङजाका लागि विपिन राज न्यौपानेले २१ रन लक्ष्मण प्रसाद डुम्रे नटआउट रहँदै ११ रनको योगदान दिए । स्याङजाको मध्यक्रमको पारीलाई धराशायी बनाउन महत्वपूर्ण भूमिका खेलेका बाग्लुङका बलर आश्विन थापाले १० ओभरमा ३९ रन दिएर ४ विकेट हात पारे । त्यस्तै रुपेश थापा, पुश्कल रिजाल र दिपेश कुंवरले समान २ २ विकेट लिए । आज भएको खेलमा बाग्लुङले २०.५ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन मात्र जोड्यो । शुक्रबार समुह बि अन्तर्गतको खेल बाग्लुङ र नवलपुरका बिच हुने आयोजकले जनाएको छ।