दोस्रो बिल तामाङ स्मृति सहारा कप फुटबलको उपाधी जोडर्न एफसीलाई 

-


     नयाँ लिपि    
     असाेज १० गते २०८१ मा प्रकाशित


पोखरा । दोस्रो बिल तामाङ स्मृति सहारा कप हङकङ ‘६’ ए साइड फुटबल प्रतियोगिता को उपाधी जोडर्न एफसीले जितेको छ ।

सहारा क्लब हङकङको १२ औं वार्षिकोत्सव अवसरमा आयोजित उक्त प्रतियोगिताको उपविजेता मोना एफसी भएको आयोजकले जनाएको छ  ।  

प्रतियोगिताको विजेता जोडर्न एफसीले हङकङ डलर २० हजार र उपविजेता मोना एफसीले  १२ हजार हङकङ डलर सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । समापन कार्यक्रमका प्रमुख अतिथि एनआरएनए हङकङ अध्यक्ष, नेपाली महासंघका अध्यक्षलगायतले पुरस्कार वितरण गरेका थिए । 

क्लबका प्रमुख सल्लाहकार दुर्गा गुरुङ (एनजी) ले रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घाटन भएको समापन कार्यक्रममा फुटबल खेलमा लामो समय योगदान दिएका पूर्व राष्ट्रिय खेलाडी विजय गुरुङलाई सम्मान गरिएको थियो ।

अतिथि बल्र्ड राइजका फाउण्डर तथा ग्रेन मास्ट तुलसीकुमार गुरुङले उनलाई दोसल्ला ओढाउँदै सम्मानपत्र हस्तान्तरण गरेका थिए ।  

१६ क्लबको सहभागिता रहेको उक्त प्रतियोगिताको समापन उद्द्घाटन सत्रमा स्व.बिलतामाङ तथा हालैमात्र स्वर्गारोहण भएका सहारा क्लब अष्टे«लिया अध्यक्ष राजमान थकालीको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।