यू–१९ क्रिकेट : तनहुँको सहज जित

-


     नयाँ लिपि    
     असाेज ८ गते २०८१ मा प्रकाशित



पोखरा । पोखरा रंगशालामा जारी यू–१९ क्रिकेट प्रतियोगिताको आज (मंगलबार) भएको प्रतियोगितामा तनहुँले सहज जित निकालेको छ ।
तनहुँले पर्वतलाई ९ विकेटले पराजित गर्दे सहज जित निकालेको हो ।

प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा भएको वाईवाई यू–१९ क्रिकेट प्रतियोगिताका दोस्रो दिन पर्वतले ७६ रन मात्र जोड्यो । ७७ रनको लक्ष्य पाएका तनहुँले १ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।

तनहुँका लागि इसान श्रेष्ठले अविजित रहदै १८ र वन्स क्षेत्रीले २१ रनको योगदान दिए ।

ओपनर श्रेष्ठले ५३ बल खेल्दै २ चौका सहित १८ रन बनाए । अर्का ओपनर सुप्रिम सुनारले २५ रन बनाई रनआउट भए ।

१८.१ ओभर खेल्दै जित निकालेको तनहुँले अब कास्की संग प्रतिस्पर्धा गर्नेछ भने पर्वत आजको हार संगै प्रतियोगिताबाट बाहिरिएको छ । आजको खेलमा तनहुँका देवा कुमार पासवान प्लेयर अफ दि म्याच घोषित भए ।