संविधान दिवसको दिन जसपाले पोखरामा कालो दिन मनायो

-


     नयाँ लिपि    
     असाेज ३ गते २०८१ मा प्रकाशित


पोखरा ।संविधान दिबसको दिन आज (बिहिबार) पोखरामा जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश समिति ले एक कार्यक्रम बिच कालो दिन मनाएको छ । नेपालको संविधान २०७२ सम्बोधन गर्नुपर्ने भन्दै बिरोध स्वरुप कालो दिन मनाएको जसपाले जनाएको छ ।
बर्तमान समयमा देशको बिग्रदो राजनितिक अवस्था र जनतामा बढ्दै गएको निराशालाई नेपालको संविधान २०७२ ले सम्बोधन गर्न नसकेको भन्दै उक्त कार्यक्रममा सहभागिले बिरोध जनाएका थिए ।
उक्त कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य तथा दलित मुक्ति संगठनका केन्द्रिय उपाध्यक्ष रमेश कुमार सि.के ले यो राज्य व्यवस्था एकल जातिय र बर्गीय रहेकोले दलित ,जनजाती,मधेशी,मुस्लिम,महिला,अल्पसंख्यकहरुलाई यो संबिधानले सम्बोधन गर्न नसकेकोले संशोधन गर्नुपर्ने बताउनुुभयो ।

सो अवसरमा ज.स.पा.नेपालका केन्द्रिय सदस्य तथा तमुवान राष्ट्रिय समितिका उपाध्यक्ष मन बहादुर गुरुङले नाताबाद र फरियाबादले देश खोव्रmो बनाएको नेपालीको टाउकोमा दिनानुदिन ऋण थपिदै गएकाले संबिधान अपुरोअधुरो भएको बताउनुभयो । त्यस्तै ज.स.पा नेपालका केन्द्रिय सदस्य हर्क बहादुर गुरुङले राज्यको पनः संरचना गर्नुपर्ने साथै प्रदेश सरकारलाई स्वायक्त बनाउनुुपर्नेमा जोड दिनुभयो ।

केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष मधुकर न्यौपानेको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रम गण्डकी प्रदेश समिति सदस्य राम जुलुम शर्माले संचालन गर्नुभएको थियो ।