डुम्रे साँस्कृतिक यूवा परिवारको बालकार्यक्रम

-


     नयाँ लिपि    
     भाद्र २९ गते २०८१ मा प्रकाशित


शम्भु श्रेष्ठ,, तनहुँ । बन्दिपुर स्थित डुम्रे साँस्कृतिक यूवा परिवारले बाल दिवसको अवसर पारेर आयोजन गरेको २ दिने बालकार्यक्रम आज (शनिबार) सम्पन्न गरेको छ । विधालय स्तरीय उक्त कार्यक्रममा कक्षा ६ देखि १० कक्षा सम्मका विद्यालथीहरु विच विभिन्न कार्यक्रमहरु संचालन गरिएको कार्यक्रम संयोजक अनमोल पियाले बताए ।

डुम्रे साँस्कृति यूवा परिवारले आफ्नो स्थापना कालदेखि नै संस्कृतिको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद आदि विषयहरुमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ ।

“बालबालिकालाई गुणस्तरीय शिक्षा आजको आवश्यकता” भन्ने मुलनाराका साथ संचालन भएको उक्त कार्यक्रममा नेपाली हस्तलेखन, चेस, चित्रकला, हाजिरी जवाफ , वक्तृत्व कला गरि ५ वटा विधा समावेस गरिएको थियो ।

पहिलो दिनको कार्यक्रम हाजिरी जवाफमा पवित्रा मा.वि प्रथम ,मनासलु मावि द्वितीय र फिस्टेल आवासीय मा.वि तृतीय भए ।

यसै गरि  वत्तृmत्वकला प्रतियोगितामा पवित्रा मा.वि प्रथम हुन सफल भयो । हो.रा.लो मा.वि द्वितीय, भन्सार इन्टनेशनल र फिस्टेल आवासीय मा.वि तृतीय बने ।

संचिव इश्वर नेपालका अनुसार यसैगरी दोस्रो दिनको कार्यक्रम नेपाली हस्तलेख्न प्रतियोगितामा हो.रा.लो मा.वि १३ अंकको साथ प्रथम, दिपशिखा मा.वि र मनास्लु मा.वि क्रमश द्वितीय र तृतीय भए ।

आज नै भएको चित्रकला प्रतियोगितामा नेट्रड्म प्रथम भए । फिस्टेल मा.वि द्वितीय र मनास्लु मा.वि तृतीय भए । चेस प्रतियोगितामा फिस्टेल मा.वि प्रथम हुदा हो.रा.लो मा.वि र पवित्र मा.वि क्रमसँग द्वितीय र तृतीय बने ।