पोखरा । पोखरा क्लिकले पर्वतीय खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ ।
विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसको अवसर पारेर असोज १२ गते दौड प्रतियोगिता आयोजना गर्न लागेको बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
८ किलोमिटर दौड प्रतियोगिताको रुट विश्वशान्ति स्तुप देखि पुम्दीकोट विशाल बुद्द मुर्ति परिक्रमा गरि पोखरा २२ कार्यालय हुदै बुद्द पार्क निगाले डाँडा सम्म हुने दौड प्रतियोगिता संयाेजक दिनानाथ बरालले बताए ।
प्रतियोगितामा जुनसुकै क्षेत्रका धावकले पनि सहभागिता जनाउन सक्ने छ्न । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश २५ ,१५ र ७ हजार नगद ट्र्फी, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
महिला, १६ उमेर भन्दा मुनिका बालबालिका र पोखरा २२ का धावक मध्ये उत्कृष्ट १/१ जनालाई ७ हजार नगद सहित प्रोत्सान पुरस्कार प्रदान गरिने जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ६ लाख ३९ हजार खर्च लाग्ने आयोजकले बताएको छ ।