गोकर्णलाई औद्योगिक क्षेत्र र विशाल बजारको साथ

-


     नयाँ लिपि    
     भाद्र २६ गते २०८१ मा प्रकाशित


पोखरा ।पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा औद्योगिक क्षेत्रका उद्योगी र विशाल बजारका व्यवसायीले अध्यक्षमा गोकर्ण कार्कीलाई साथ दिने भएका छन् ।

कार्कीलाई औद्योगिक क्षेत्रका उद्योगि र विशाल बजारका व्यवसायिहरुले कार्यक्रमको आयोजना गर्दै अध्यक्षमा साथ दिने बताएका हुन् । अध्यक्ष पदका उम्मेदवार कार्कीले आफु कुनै गुट उपगुट नबनाइ स्वतन्त्र रुपमा अध्यक्षको पदमा उम्मेदवारी दिएको र उद्योग व्यवसायीको पिडा राम्रो सँग बुझेको बताउँदै सुझावसमेत लिएका थिए ।

कार्कीले व्यवसायिहरुको सुझाव गुनासोलाई नेतृत्वमा पुगेपछि आफुले समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । साथै कार्कीलाई अन्य पदमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुले समेत साथ दिने भएका छन् ।

उनीहरुले समेत गुट–उपगुट छाडेर स्वतन्त्र हिडेको व्यक्तिले भोलिका दिनमा समेत स्वतन्त्र भई सबैको लागि काम गर्ने भएकाले साथ दिएको बताए । कार्कीले आफुले संघको नेतृत्वका लागि आफ्नो उद्योग व्यवसायको सम्पूर्ण जिम्मेवारी श्रीमती, छोरा र बुहारीलाई दिएको सुनाए ।

नेतृत्वमा रहँदा व्यवसायतर्फ ध्यान दिदौँ काम गर्न कठिन हुनेभएकाले नेतृत्वको कार्यकालसम्म आफु आम उद्योगी र व्यवसायीको लागि काम गर्ने समेत बताए । कार्की हाल संघका वरिष्ठ उपाध्यक्ष समेत हुन ।

बिमारी भएको कारण केहि समय अस्पताल बसेका उनी अझै पुर्णरुपमा स्वस्थ हुन सकिरहेका छैनन् । उनले घरदैलो कार्यक्रम गर्न नसकेपनि फोन, एसएमएस लगायत विभिन्न सामाजिक सञ्जालबाटै समग्र व्यवसायि माझ पुगिरहेका छन् ।

आफुलाई अत्याधिक मत दिई यस अघिका झै नेतृत्व तहमा पुगि काम गर्ने अवसर दिन समेत अनुरोध गरे । यस्तै आज नै कार्कीले सर्वेश्वर मार्ग पन्थी गल्लिका व्यवसायीहरुसँग समेत भेटघाट गरेका छन् । अस्वस्थ रहँदा रहँदै पनि उनी अहिले चुनावी अभियानलाई तिव्र बनाएका छन् ।