लाखे प्रतियोगितामा झिगु नेवाः पुच बौचा मौचा डुम्रे प्रथम

-


     नयाँ लिपि    
     भाद्र २३ गते २०८१ मा प्रकाशित


शम्भु श्रेष्ठ, गोर्खा । गोर्खा  स्थित च्याङ्लीमा नेवाः देय् दवू द्वारा आयोजित ‘पाँचौ खुल्ला लाखेनाँच प्रतियोगितामा झिगु नेवाः पुच बौचा मौचा डुम्रे प्रथम भएको छ ।

उक्त प्रतियोगितामा लिगलिग आँपपिपल नेवाः खल दोस्रो र च्यान्ली गोरखा काडमाण्डौ सम्पर्क मञ्च तेस्रो भयो । त्यस्तै नेवारे नेवाः गुठी सिराञ्चोकले सान्त्वना पुरस्कार हात पार्यो  ।

प्रथम भएको झिगु नेवाः पुच बौचा मौचा डुम्रे लाई ३० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्दा दोस्रो हुने लिगलिग आँपपिपल नेवाः खल ले २० हजार नगदसहित प्रमाणपत्र र तेस्रो हुने च्यान्ली गोरखा काडमाण्डौ सम्पर्क मञ्चले १० हजार र प्रमाणपत्रमा चित्त बुझाउन पर्यो । सान्त्वना पुरस्कार प्राप्त गर्ने नेवारे नेवाः गुठी सिराञ्चोकलाई ५ हजार नगद र सहभागी टीमलाई १/१ हजारका प्रदान गरेको आयोजकले जनाएको छ ।

सो प्रतियोगिताको उत्कृट झ्यालिचा चिनिया खर्च धुवाकोटनेवाः  खलले प्राप्त गर्यो । 

लाखे प्रतियोगिताको प्रमुख निर्णायक चन्द्रमान मुनिकारले मूल्याङ्कन नतिजा प्रस्तुत गरेका थिए गर्यो । 

कार्यक्रममा पालुङटार नगरपालिका ठाँटीपोखरी, गोरखाको विशेष सहयोग र च्याङ्ली गोरखा काठमाण्डौ सम्पर्क मञ्च, च्याङ्ली गोरखा चितवन सम्पर्क मञ्च, च्याङ्ली बचत तथा ऋण सहकारी संस्था लि., जि.स फिलेक्स डुम्रे, श्रेष्ठ ईलेक्ट्रिक, प्रेम कुमार श्रेष्ठ लगायतको सहयोग रहेको थियो ।

१५ टिमको सहभागिता रहेको  उक्त प्रतियोगिताको संन्चालन बसन्त श्रेष्ठले गरेका थिए ।