युवा बौद्द संघको अध्यक्षमा : थापा

-


     नयाँ लिपि    
     भाद्र २२ गते २०८१ मा प्रकाशित


पोखरा । युवा बौद्द संघको अध्यक्षमा कमला थापा सर्वसम्मत चयन  भएकी छिन । 

पोखरा ३ नदिपुर स्थित धर्मशिला बुद्द बिहारमा शनिबार सम्पन्न भएको २९ औ साधरण सभा एंव १५ औ अधिवेशनले ११ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

संघको उपाध्यक्षमा सुमन शाक्य, सचिव आनन्द बज्राचार्य, सह-सचिव प्रीति बुद्धाचार्य, कोषाध्यक्षमा शुभाष पालिखे चयन भएका छन । 

त्यस्तै सदस्यहरुमा जितेन्द्र नापित, सिद्दार्थ उदास, शरण शाक्य, जेम्स शाक्य, प्रबिण बुद्धाचार्य र अशिस बजिमय रहेका छ्न ।  

कार्यक्रमका प्रमुख अतिथि भिक्षु धज्जवन्तोले पंचशील प्रदान गरि कार्यक्रमको सुरुवात गरेका थिए । 

संघका अध्यक्ष बिनिता बज्रचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बौद्द शिक्षाका विद्दान अनुपा बजिमय, संघका संस्थापक अध्यक्ष उत्तममान बुद्दाचार्य, ज्ञानमाला संघका अध्यक्ष भरत राज शाक्य , निर्वाचन समिति संयाेजक बिमल उदास लगायतले बोलेको थिए । 

नव गठित कार्यसमितिलाई मिन गुरुले सपथ ग्रहण गराउदै बुद्द धर्मको बाटोमा लाग्न सबैलाई आग्र्ह गरे । 

कार्यक्रममा परियति बुद्द बिहारका उपाध्यक्ष लिल बहादुर बुढा, धर्मशिल बुद्द बिहारका उपाध्यक्ष रेवत बज्रचार्य,बौद्द उपासिका संघका अध्यक्ष सरिता गुभाजु , बुद्द बिहार नदिपुरका भन्ते पज्वतो,पत्रकार उदय आमत्य लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कमला थापाले र संचालन सचिव सुमन शाक्यले गरेको थियो ।