लामाचाैर कप :  पुरुष भलिबलको उपाधि पुलिसलाई  

-


     नयाँ लिपि    
     भाद्र २२ गते २०८१ मा प्रकाशित


पोखरा । पाेखरामा अायाेजित लामाचाैर कपमा पुरुष भलिबलको उपाधि पुलिस क्लबले उचालेको  छ। शनिबार  सम्पन्न भएको फाइनल खेलमा  एपिएफ भलिबल टिमलाई ३-२ सेटमा हराउँदै पुलिसले उपाधि रक्षा गरेको हो ।  

पहिलाे सेट पुलिसले २५-१६ ले जितेको हो । दाेस्राे सेटमा एपिएफले कमब्याक गर्दै २५-२१ को नतिजा निकाल्यो । तेस्राे सेट पुलिस  २५-१९ ले नतिजा निकाल्दै जितको संकेत दिए ।  चाैथाे सेट एपीएफ २५-२२ ले जित्दै पुलिसलाई सहज जित बाट पारा लगायो । निक्कै प्रतिस्पर्धात्मक खेलको पाचौ सेटमा पुलिस ले १६-१४ को नतिजा निकाल्दै विजयी भएको हो ।

विजेता पुलिसले नगत १ लाख ५० हजार १११ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता एपिएफले  एक लाख एक सय ११ शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन पर्यो ।  पुलिस क्लब लामाचाैर कप पुरूष भलिबलको गत वर्षको  उपविजेता हो । 

पुरुषतर्फ डिफेन्डिङ च्याम्पियन गण्डकीलाई पाखा लगाउँदै ट्राभल इन्क्वाइरी गलकोट तेस्रो बन्यो । तेस्रो भएको गलकोटले ५० हजार १११ रुपैयाँको साथमा शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरे।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा भलिबल प्रतियोगिता १८ गते देखि सुरु भएको थियो । राउन्ड रोविन लिगको आधारमा खेलाईएको प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका सञ्जुविक्रम शाह घोषित भए । उत्कृष्ट सेटर पुलिसका बलराम गुरुङ घोषित भए । उत्कृष्ट डिफेन्डर पुलिसका भिम गाहा घोषित भए । उत्कृष्ट ब्लकरको उपाधि पुलिसका सफल विकले हात पारे । उत्कृष्ट सर्भर एपिएफका हेमन्त मल्ल घोषित भए । उत्कृष्ट स्पाइकर एपिएफका विजय थापा घोषित भए । उत्कृष्ट प्रशिक्षक पुलिसका चन्द्र कुवँर घोषित भए । विधागत उत्कृष्ट हुने सबैले समान पाँच–पाँच हजार रुपैयाँसहित ट्रफी र मेडल हात पारे । शुक्रबार फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट) का कारण १–१ सेटको बराबरीमा रोकिएपछि आज(शनिबार) खेलाइएको थियो ।